सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात : डा. सुरेन्द्र केसी

शनिबार, १९ जेठ २०८१, १५ : ४२
शनिबार, १९ जेठ २०८१

काठमाडौँ। प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले  ज्ञानेन्द्रमाथि ठुलो आशङ्का गरेको बताए । ज्ञानेन्द्रमाथि जनताले आशङ्का गरे पनि घटनाबाट बचेका गोरख शमशेरले पनि यसमा दीपेन्द्रकै हात रहेको बताएको उनले सुनाए । 

शनिबार आयोजित अन्तरक्रियामा उनले सेना, प्रहरीले, शाही परिवार र दरबारसँग जोडिएका राणाहरूले उक्त घटना युवराज दीपेन्द्रले नै गराएको दाबी गरिरहेको बताए । आफूलाई भने सबै घटना दीपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए । 

उनले वीरेन्द्रलाई हान्नेसम्म चाहिँ दीपेन्द्रले गरेको र त्यसपछि अरू कोही संलग्न भएको आशङ्का व्यक्त गरे । दरबारनिकटका कलाकार नीर शाहले पनि उक्त घटना दीपेन्द्रकै कारण घटेको भनी अन्तरवार्ताहरू दिएको केसीले स्मरण गराए । दीपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा. कसीको दाबी छ । दीपेन्द्रले गोली चलाएर वीरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरूले टेकओभर गरेको उनको उनको अनुमान छ । 

संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए । वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पाले–हुर्काएकाहरूबाट नै राजासंस्थामा खतरा आएको बताए । उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको नाम लिए । 

अहिले राजतन्त्रको पक्षमा माहौल बन्दै गएको डा. केसीको भनाइ छ । उनले अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूको भन्दा बजारमा आफ्नो क्रेज बढी रहेकोसमेत दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप