बुटवलमा सहकारीले निर्माण गर्यो चार्जिङ स्टेसन

बुटवल । विद्युतीय सवारीको प्रयोग बढेसँगै बुटवलको एक बहुउद्देश्यीय सहकारीले विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । बुटवलको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने भएको हो ।
उक्त सहकारीले आफ्नै भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फास्ट चार्ज’ सहितको स्टेसन सञ्चालनमा ल्याउन लागेको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए । उनका अनुसार अहिले स्टेसनको काम भैरहेको छ ।
पूर्व–पश्चिम राजमार्गदेखि ३० मिटर दुरीमा स्थापना गर्न लागिएको चार्जिङ स्टेसनबाट दैनिक ९० बढी सवारीका साधनलाई सेवा उपलब्ध गराउन सकिने बताइएको छ ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालन गरिने यो स्टेसनमा मानवरहित सेवा उपलब्ध गराइने छ भने सेवाग्राहीले अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
सो स्टेसनमा आधुनिक सफ्टवेयरमार्फत सञ्चालन भई अनलाइन माध्यमबाट रकम भुक्तानीको सुविधासहित ६० किलोवाट क्षमताको सीसीएस ९२ डबल गनको मेशिन तथा ६० किलोवाटकै जीबीटी डबल गन सहितका २ वटा मेशिन जडान हुँदैछन् । जहाँ एकसाथ ६ वटा सवारीले सेवा लिन मिल्ने गरी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुनसक्छ ।
स्टेसनमा बुटवल–गुल्मी सडक खण्डमा सञ्चालन हुँदै आएका १३ वटा सवारीका लागि सम्झौता भइसकेको छ भने बुटवलका अन्य सवारी धनीहरूसँग पनि सम्झौताका लागि प्रक्रिया अघि बढेको सहकारीकी उपाध्यक्ष माया गौतमले जानकारी दिइन् ।
स्टेसन सञ्चालनका लागि विद्युत् प्राधिकरणले २ सय केभीको छुट्टै ट्रान्सफर्मर जडान गरेर सहयोग गरेको बताउँदै उनले मापदण्डअनुसार स्नान कक्ष, शौचालय, आराम कक्ष तथा चमेना गृहलगायतका संरचना निर्माण गर्न करिब १ करोड लगानी गरिएको बताइन् ।
बुटवल बसपार्कमा प्राधिकरणले चार्जिङ स्टेसन निर्माण गरिसकेको छ भने अहिले बन्न लागेको निजी क्षेत्रको पहिलो चार्जिङ स्टेसन हो । (
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म