शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

वातावरण दिवसको पूर्वसन्ध्यामा तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न

शनिबार, १९ जेठ २०८१, १३ : ०२
शनिबार, १९ जेठ २०८१

काठमाडौँ । विश्व वातावरण दिवसकाे पूर्वसन्ध्यामाआज सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाऔँ, वातावरण जोगाऔँ,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा बढी सङ्घ संस्थाहरूसँगको सहकार्यमा साइकल  र्‍याली सम्पन्न गरेको छ । 

बैंकका सञ्चालक लिसा शेरचनबाट साइकल र्‍यालीमा सहभागीहरूलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधरणको दायित्व विषयमा संशोधन गरिए पश्चात् साइकल र्‍यालीको सुरुवात गरिएको थियो ।

बिहान ७ः४५ बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतो पुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० कि। मि। को दुरीको यात्रा सम्पन्न भएको थियो । 

उक्त साइकल र्‍यालीमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहक वर्ग, शेयर धनी, प्रवर्द्धक, प्रायोजक एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरू बाक्लो उपस्थिति रहेको थियो । वि।सं २०७९ सालमा १५० जना सहभागीहरूबाट शुरु भएको साइकल र्‍याली यस तेस्रो संस्करण साइकल ¥यालीसम्म आइपुग्दा १५०० जना भन्दा वढीको सहभागिताका साथ सम्पन्न भएको छ ।

यस साइकल र्‍यालीमा सांग्रिला डेभलपमेन्ट बैक लि ले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात् गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ  अगाडि बढेकोले यस किसिमका कार्यक्रमहरूलाई बैंकले निरन्तरता दिँदै जाने बताइएको छ । 

सो साइकल र्‍यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरूलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाहरूका तर्फबाट उपलब्ध गराइएको उपहारहरू उपलब्ध गराइएको थियो ।  साइकल र्‍यालीमा सहभागी भएका एक जना भाग्यशाली सहभागी भक्तपुर निवासी  रविन रचालिकालाई लक्की ड्रबाट उपहार स्वरूप एउटा साइकल समेत प्रदान गरिएको थियो । 

साइलक र्‍यालीकै दिन पारेर बैंकले ग्रिन सेभिङ्ग सम्बन्धी प्रडक्ट समेत लन्च गरेको छ । यस किसिमको प्रोडक्टमा जति खाता खोलिन्छ सोही सङ्ख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता उक्त प्रडक्ट पेपरको रहेको व्यहोरा समेत जानकारी गराइन्छ । 

उक्त साइकल  र्‍यालीमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले “इन्धन बचाऔँ, वातावरण जोगाऔँ,”  भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा गरिएको यस साइकल र्‍यालीमा भएको सहभागीहरूको उत्साहपूर्वक सहभागीताका लागि धन्यवाद ज्ञापन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप