कविता
पति पत्नी
शनिबार, १९ जेठ २०८१, ११ : ४४

पतिको सफलतामा
पत्नीको हात हुन्छ
पत्नीको सफलतामा
पतिको हात हुन्छ
पति वा पत्नी नहुनेको
अँध्यारो एक्लो रात हुन्छ
कसैको साथ नपाउँदा
पतिलाई पत्नीको आस हुन्छ
पत्नीको आँसु खसिरहँदा
केवल पतिको विश्वास हुन्छ
पति वा पत्नी छुट्टिएपछि
बितेका पलको आभास हुन्छ
पति पत्नीको सम्बन्ध नै यस्तो
परसम्मै साथ हिँड्ने कसम हुन्छ
मन वचन कर्म र मीठो प्रेममा
छोराछोरी नातिनातिनाको जनम हुन्छ
सँगै हिँड्दाहिँड्दै बाटो मोडिएछ भने
छुट्टिएकै ठाउँमा सपना खतम हुन्छ
सात जनम सँगै रहने सङ्कल्पमा
पति पत्नीले अग्नि साक्षी राखेको हुन्छ
दुई दिनको यो जिन्दगीमा अनगिन्ती
सुख दुःख मीठै मानी चाखेको हुन्छ
पति पत्नी हुन्नौँ भनी छाप लाउनेको
घर शून्य हुन्छ मुटु चर्केको हुन्छ
पतिको सफलतामा
पत्नीको हात हुन्छ
पत्नीको सफलतामा
पतिको हात हुन्छ
नर्थन क्यालिफोर्निया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि