अजय र सन्नी स्टारर ‘सन अफ सरदार २’ को रिलिज डेट तय
शनिबार, १९ जेठ २०८१, १० : २५
![अजय र सन्नी स्टारर ‘सन अफ सरदार २’ को रिलिज डेट तय](https://npcdn.ratopati.com/media/news/image-(2)_4BXesd9vd3.png)
मुम्बई । 'सन अफ सरदार' सन् २०१२ मा रिलीज भएको अजय देवगनको कमेडी र एक्शनले भरिएको फिल्म थियो। दर्शकले चलचित्रलाई निकै मन पराएका थिए ।
त्यसैले ‘सन अफ सरदार २’ अजय देवगनको बहुप्रतिक्षित फिल्म मध्ये एक हो । यस पटक अजय देवगनसँगै सनी देओल पनि चलचित्रमा देखिनेछन् । फिल्मलाई पञ्जाबी फिल्ममेकर विजय कुमार अरोराले निर्देशन गर्नेछन् । अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको छ ।
अब यसको रिलिज मिति पनि तय भएको छ । प्रसिद्ध चलचित्र समीक्षक तरण आदर्शले ट्वीट गर्दै यसको जानकारी दिएका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘सन अफ सरदार २ को रिलिज मिति घोषणा गरिएको छ । सन्नी देओल र अजय देवगनको फिल्मले २०२५ को दिपावलीमा बक्स अफिसमा धमाका गर्नेछ। मृणाल ठाकुर पनि मुख्य भूमिकामा देखिनेछिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह