सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

भुल भुलैया ३ पछि तृप्तिले कार्तिकसँग अर्को फिल्ममा रोमान्स गर्ने

शनिबार, १९ जेठ २०८१, १० : ०१
शनिबार, १९ जेठ २०८१

मुम्बई । बलिउड चलचित्र ‘एनिमल’की ‘भाभी २’ बनेर सामाजिक सञ्जालमा चर्चित भएकी तृप्ति डिमरी अहिले करियरको उत्कृष्ट चरणमा छिन् । एनिमलमा सानी जोयाको भूमिका निर्वाह गरेकी तृप्ति डिमरी सन् २०२४ मा धेरै ठूला फिल्ममा देखिनेछिन् ।

केही महिनाअघि कार्तिक आर्यनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर ‘भूल भुलैया ३’ मा तृप्तिलाई स्वागत गरेका थिए । भुल भुलैया ३ बाहेक तृप्ति डिमरी कार्तिक आर्यनसँग अर्को फिल्ममा रोमान्स गर्ने भएकी छिन् । 

धेरै ठूला निर्देशकसँग काम गर्न लागेकी तृप्ति डिमरीलाई अब फिल्म निर्माता अनुराग बसुको सहयोग मिलेको छ । उनी बर्फीका निर्देशकको नयाँ फिल्म पनि गर्ने तयारीमा छिन्, जसमा उनको अपोजिट कार्तिक आर्यन हुनेछन् । कार्तिकसँग उनको यो दोस्रो फिल्म हो ।

अनुराग यतिबेला आफ्नो फिल्म ‘मेट्रो’को सुटिङमा व्यस्त छन् । त्यसपछि उनले कार्तिक र तृप्ति डिमरी स्टारर फिल्मको सुटिङ अगस्टबाट सुरु गर्नेछन् ।

हालै समाचारमा यो फिल्म आशिकी ३ हुने बताइएको थियो । पछि आशिकी फ्रेन्चाइजीको प्रतिलिपि अधिकारको विवादपछि फिल्म बन्द भएको खबर आएको थियो । यस फिल्मलाई अब भूषण कुमारले आफ्नो ब्यानर टी-सिरिजमा निर्माण गर्नेछन्। 

यद्यपि यो आशिकी ३ होइन । यो मौलिक कथा हुनेछ। चलचित्रको म्युजिक एल्बमको काम भइरहेको छ । कार्तिक अहिले अनीस बज्मीले निर्देशन गरेको भुल भुलैया ३ को सुटिङमा व्यस्त छन् । त्यसपछि उनले अनुरागको फिल्म सुरु गर्नेछन् । 

भुल भुलैया ३ र कार्तिक आर्यनसँगको यो अनटाइटल्ड फिल्म बाहेक तृप्ति डिमरी धडक २, ब्याड न्युज र विक्की विद्या का वो वाला भिडियोमा देखिनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप