मलाइका र अर्जुनको ब्रेकअप

मुम्बई । बलिउड जोडी अर्जुन कपुर र मलाइका अरोराको ब्रेकअपको खबर विगत केही महिनादेखि चर्चामा छ । अहिले उनीहरू नजिकका केही व्यक्तिले यो खबरको पुष्टि गरेका छन् ।
उनीहरू दुवै भने ब्रेकअपबारे मौन छन् । उनीहरूको सम्बन्ध विच्छेदको कारण मानिसहरूले हङ्गामा नमच्चाउन् भन्ने चाहेको उनीहरू निकटस्थहरूको भनाई छ ।
पिंकभिल्लाको हालैको रिपोर्टमा एक स्रोतलाई उद्धृत गर्दै मलाइका र अर्जुनको सम्बन्ध निकै विशेष रहेको र दुवैको मनमा एक अर्काको लागि विशेष स्थान रहने बताएको छ । उनीहरूले छुट्टिने निर्णय गरेका छन् र यस विषयमा मर्यादित मौनता कायम राख्न चाहन्छन्।
उनीहरूको लामो सम्बन्ध थियो, जुन दुर्भाग्यवश अब समाप्त भएको रिपोर्टमा भनिएको छ । यसको मतलब अहिले यी दुईबिच कटुता छ भन्ने होइन । दुवैले एक अर्कालाई सम्मान गर्छन् र सधैँ एक अर्काको लागि सहयोग गर्नेछन्।
ब्रेकअपपछि पनि उनीहरूले उस्तै सम्मान गरिरहनेछन् । दुवै लामो समयदेखि गहिरो सम्बन्धमा थिए र उनीहरू चाहन्छन् कि मानिसहरूले उनीहरूलाई यो भावनात्मक समयमा ‘स्पेस’ दिउन् ।
जनवरीमा जुममा प्रकाशित रिपोर्टका अनुसार मलाइका अरोरा र अर्जुन कपूरबिच नोभेम्बर २०२३ मा नै ब्रेकअप भएको थिए। रिपोर्टमा दुई मध्ये एक विवाह गरेर बस्न चाहेको, जबकि अर्को भने यसको लागि समय चाहन्छन् भन्ने उल्लेख थियो । यही नै उनीहरूको द्वन्द्वको कारण बन्यो ।
उनीहरूको ब्रेकअपको खबरले तब चर्चामा आयो जब मलाइकाले अर्जुन र उनका आफन्तलाई इन्स्टाग्रामबाट अनफलो गरिन् । दुवै सन् २०१६ देखि रिलेशनशिपमा थिए । यो जोडीले जन्मदिनको पोस्टमार्फत आफ्नो सम्बन्धको आधिकारिक घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली