बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

अभ्यास खेलमा अफगानिस्तान विजयी

शनिबार, १९ जेठ २०८१, ०६ : ४७
शनिबार, १९ जेठ २०८१

पोर्ट अफ स्पेन । आईसीसी टी–२० विश्वकपअघि खेलिएको अभ्यास खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई सजिलै पराजित गरेको छ । शुक्रबार भएको खेलमा अफगानिस्तान ५५ रनले विजयी बनेको हो ।

अफगानिस्तानले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो । स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा ४ चौका र १ छक्का हिर्काए ।

जर्ज मुन्सेले १८ बलमा २८ रन जोडे । त्यस्तै, क्रिस ग्रिभ्सले १० रन र क्रिस सोलले १२ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अफगानिस्तानका लागि मुजिब उर रहमान र करिम जनतले २–२ विकेट हात पारे ।

यसअघि गुलाबदिन नइबको अर्धशतकीय इनिङ्सको मद्दतले अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । नइबले मात्र ३० बलमा ६९ रनको विस्फोटक इनिङ्स खेले । उनले ५ चौका र ६ छक्का हिर्काए ।

त्यस्तै, अजमतुल्लाह ओमरजायीले ३६ बलमा ४८ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोलले ३ तथा ब्राड्ली करीले २ विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप