आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

खनियाबासका शिक्षिका र कर्मचारीहरु युजी फाइभ तालिमका लागि थाइल्यान्ड पुगे

शुक्रबार, १८ जेठ २०८१, २३ : ०२
शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ । धादिङको खनियाबास गाउँपालिकाका विद्यालयहरुबाट १५ जना शिक्षिका र कर्मचारीहरु युजी फाइभ तालिममा भाग लिन थाइल्यान्ड प्रस्थान गरेका छन् । उनीहरु शुक्रबार नै थाइल्यान्ड पुगिसकेका छन् ।

सो तालिम थाइल्यान्डको धम्मकाया फाउन्डेशनको समन्वय र ख्लोङ साम उपजिल्ला प्रशासनिक संगठनको प्रायोजनमा सञ्चालन हुन लागेको हो । सो तालिम ख्लोङ साम उपजिल्लास्थित बुम कुम रंगसान स्कुल र ख्लङ साम स्कुलमा हुने जनाइएको छ । सो तालिम अध्ययन भ्रमण, व्यवहारिक तालिम र शिक्षक आदान प्रदान कार्यक्रम अन्तर्गत हुने आयोजकहरुले बताएका छन् ।

2

खनियाबास गाउँपालिकाले सो तालिम आयोजना गर्न विभिन्न सहयोग, उचित प्रबन्ध र मार्गदर्शन गर्ने थम्मकाया फाउण्डेशनका भिक्षु थावन थावरो महास्थविरप्रति हार्दिक आभार समेत प्रकट गरेको छ ।

गाउँपालिकाले तालिमका लागि शिक्षिका छनोट गरिदिने त्रिविविका रजिष्टार डा.केदार रिजाल, अर्ली चाइल्ड डेभलपमेन्टका विज्ञ सविता खनाल, खनियाबास गाउँपालिकाका तत्कालीन शिक्षा शाखा प्रमुख धिरज बस्नेतप्रति पनि आभार प्रकट गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप