लागू भयो पेट्रोलियम पदार्थमा ‘हरित कर’

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार पेट्रोलियम पदार्थमा ‘हरित कर’ सुरु भएको छ । निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा भन्सार विन्दुमा लागेको एक रुपैयाँ हरित कर समायोजनसहित मूल्य निर्धारण गरेको हो ।
सरकारले जेठ १५ मा बजेट भाषण गर्दा पेट्रोल र डिजेलमा १ रुपैयाँ हरित कर लगाउने घोषणा गरेको थियो । जसअनुसार भन्सार विन्दुमै एक रुपैयाँ हरित कर उठाएपछि पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको छ ।
जवकि भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलको मूल्य ४.४२ र डिजेलको मूल्य २.४५ रुपैयाँ प्रतिलिटर घटाएर नेपाललाई पठाएको थियो ।
निगमले भनेको छ, ‘ नेपाल सरकारले बजेट बक्तव्य मार्फत् यही जेष्ठ १६, २०८१ देखि लागु हुने गरी पेट्रोल र डिजेलमा प्रति लिटर रु १.०० का दरले लगाएको हरित कर समेत पेट्रोल र डिजेलको मूल्यमा समायोजन गरी निगम संचालक समितिको मिति २०८१-०२-१८ गतेको निर्णय अनुसार १ जुन २०२४ (जेष्ठ १९, २०८१) को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिकी मूल्यमा पेट्रोलमा प्रति लिटर रु। ३।०० र डिजेल तथा मट्टितेलमा प्रति लिटर रु। १।०० ले घटाइएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : अन्तिम १६ पहिलो लेगमा एएस रोमा र लियों विजयी, म्यान्चेस्टर बराबरीमा रोकियो
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल