बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

एनसेलको अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक सुलभ दरमा प्रयोग गर्न सकिने

शुक्रबार, १८ जेठ २०८१, २१ : २०
शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ । एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अन लिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने भएका छन् ।

ग्राहकलाई मोबाइल डेटामार्फत सधैँ अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रूपमा घटाउँदै शुल्क परिमार्जन गरेको बताएको छ ।

एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्यान्ड रहेका छन् । परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो । यो डेटा रोमिङ प्याकको ठुलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाइन्छ र जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नुपर्दैन ।

डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले करसहित दैनिक मात्र ७९.८८ मा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन् । यो शुल्क यसअघिको दैनिक १९०.१८ को तुलनामा ५८ प्रतिशतले कम हो ।

त्यस्तैगरी चीन, बेलायत र थाइल्यान्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरूले करसहित मात्र रु १९०.१८ मा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन् । परिमार्जन अघि यी गन्तव्यहरूमा दैनिक डेटा रोमिङको शुल्क ६३३.९३ रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ ।

ग्राहकले ८१७१२९८२३ डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सुचारु गर्न सक्छन् । प्रिपेड ग्राहकले ८१२३३ डायल गरी यो प्याक सजिलै लिन सक्छन् । त्यस्तै इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेभसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको छ ।

सधैँ अन योजनालाई ध्यानमा राख्दै परिमार्जन गरिएको डेटा रोमिङको शुल्कले यी देशहरूमा विविध उद्देश्यका राखी यात्रा गर्ने एनसेलका ग्राहकलाई ठुलो महत्त्व राख्ने विश्वास एनसेलले लिएको छ । यो प्याक सुचारु गर्न कुनै शुल्क पनि लाग्दैन । यी देशहरूमा जाँदा रोमिङ स्वतः सुचारु हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन् । 

ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानुभन्दा अघि वा विदेश पुगिसकेपछि पनि सुचारु गर्न सक्छन् । एनसेलको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशहरूमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप