आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ बेलायतमा ४० सदस्य स्वीकृत, जुलाईमा अधिवेशन

शुक्रबार, १८ जेठ २०८१, २१ : ०७
शुक्रबार, १८ जेठ २०८१

लण्डन । पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको सदस्यताका लागि जम्मा ४० जनाको नाम सिफारिस भएको छ ।

शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा बिहीबार बेलुका सम्पन्न कार्यसमिति बैठकले नवीकरणतर्फ ३७,नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४० आवेदन स्वीकृत गर्दै केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रत्यक्ष र भर्चुअल दुई माध्यममा सिंगो कार्यसमितिको शत प्रतिशत सहभागिता रहेको बैठकले सदस्यता आवेदनका सम्बन्धमा सर्वसम्मत निर्णय गरेको हो ।

यसअघि सदस्यता आवेदनका लागि निर्धारित समयभित्र प्राप्त कुल ७० आवेदनमध्ये तोकिएको मापदण्ड  र योग्यता पुग्ने आवेदनहरू स्वीकृत गरिएको महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।

बैठकले शाखाको छैटौँ अधिवेशन आगामी जुलाई १४ आइतबार अल्डरसटमा गर्ने निर्णय गरेको छ । अधिवेशनको लागि भेन्यू टुंगो लगाउने जिम्मा उपाध्यक्ष प्रमिला लावुङ राईलाई दिइएको छ ।

त्यस्तै, नयाँ कार्यसमितिको निर्वाचनका लागि बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई संयोजक तोकेको छ । कार्यसमितिसंगको परामर्शमा निर्वाचन समितिका बाँकी सदस्यहरू चयन गर्ने जिम्मा संयोजक खपांगीमगरलाई नै दिने निर्णय गरिएको छ ।

शाखाको सदस्यताका लागि सिफारिस भएका सदस्यहरुमध्ये नविकरणतर्फ नवीन पोखरेल, देवराज,आचार्य चिरन,दिनेशकुमार परियार,नरेश खपांगीमगर,मिलन शर्मा,नारायण पौडेल गाउँले,श्यामकुमार लुइंटेल, पूर्णबहादुर गुरुङ, नरेश काङमाङ राई,भगिरथ योगी, ध्रुवराज अर्याल, शिव भण्डारी,विमला सेने,एभरेष्ट गौतम,फडिन्द्र भट्टराई,प्रजय शुक्ल,बाचस्पति रेग्मी,नरेन्द्र बस्नेत,प्रमिला लाबुङ राई,डा शिव तिवारी,जमुना पुन,गोमा राना,सर्बिन्द्र कुमार (एसके) गुरुङ,नगेन्द्रराज नेम्वाङ,सुरेन्द्र इङ्नाम,दूतबहादुर पुन,कुशल श्रेष्ठ,विश्वासदीप तिगेला, मिलन तमु गुरुङ,सञ्जयभक्त कंडेल,मञ्जु भण्डारी खरेल,डा जगन्नाथ कार्की,बमबहादुर थापा,जयराम तामाङ,खेमराज रानाभाट,विपिन निरौला र किरण राई छन् । यसैगरी प्रकाश गुरुङ र अमित थेवेलाई नयाँ सदस्यता सिफारिस गरिएको छ भने स्थानान्तरणमध्येबाट संस्थाका पूर्व कोषाध्यक्ष तथा संस्थापक सदस्य देवी गौतमलाई शाखाले सिफारिस गरेको छ ।

नेपाल पत्रकार महासंघ यूके शाखाको नयाँ सदस्यता लिन तथा यसअघि नै कायम रहेको सदस्यता नवीकरणका लागि तोकिएको मापदण्ड अनुसार सदस्यताका लागि शाखाले सिफारिस गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप