काठमाडौँबाट घुससहित दुई जना सव–इन्जिनियर पक्राउ
शुक्रबार, १८ जेठ २०८१, २० : १०

काठमाडौँ । काठमाडौँबाट घुससहित दुई जना सव–इन्जिनियर पक्राउ परेका छन् । पर्यटन विकास आयोजना इकाई कार्यालयका सव–इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल शुक्रबार पक्राउ परेका हुन् ।
निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि उनीहरुले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।
सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले निज दुबै जनालाई १७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरुकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल नेपाल किसान महासंघको महाधिवेशन आयोजक कमिटी गठन
-
तीनकुने घटनाको निसानामा परेका मिडियाको पक्षमा निर्णय लिन सरकारलाई सातदिने अल्टिमेटम
-
घट्यो सिमेन्टको मूल्य
-
स्पेनमा खानीमा भएको दुर्घटनामा दुईको मृत्यु, चार बेपत्ता
-
घिब्ली शैलीको एआईचित्रबारे चर्कियो बहस : यो कलाको अपमान हो
-
मिल्न छाडेर एकअर्काविरुद्ध लाग्दै गैरआवासीय नेपाली संघका दुई पक्ष