कानुन निर्माणका लागि सुझाव बैंक स्थापना गर्ने तयारी छ : मन्त्री गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानुन निर्माणका लागि आम रुपमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा कानुन अध्ययनरत विद्यार्थीहरूसँग छलफल गर्दै उनले कानुन निर्माणका लागि सुझाव माग्न सुझाव बैंक स्थापना गर्ने तयारी गरिएको बताएका हुन् ।
मन्त्री गिरीले सुझाव बैंकमार्फत आम नागरिकले जुन कुनै कानुनलाई संशोधन गर्नका लागि सुझाव दिन सकिने बताए । उनले आएको सुझाव अनुसार सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, सम्बन्धित विषय विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरिने र सुझावलाई कानुन निर्माणको प्रक्रियामा समावेश गरिने बताए ।
मन्त्री गिरीले संसदभित्रका निश्चित सांसदहरूले मात्रै कानुन बनाउन जानेको छ भन्ने कुराबाट बाहिर निस्किनुपर्ने बताए । उनले सांसदको वृत्तभन्दा बाहिर पनि विषयविज्ञ र अनुभवी मानिसहरू भएका भन्दै कानुन निर्माणमा उनीहरूको सुझावलाई पनि ग्रहण गर्नुपर्ने बताए ।
मन्त्री गिरीले आफू कानुन अध्ययनरत विद्यार्थीहरूसँग देशको कानुन लगायतको विषयमा निरन्तर छलफल गर्ने र सल्लाह, सुझावहरूलाई ग्रहण गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य : अध्यक्ष नेपाल
-
राजावादीहरूको प्रदर्शनबाट विचलित भएको छैन : प्रचण्ड
-
काठमाडौँमा दिनदहाडै चोरी
-
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले स्ववियु पदाधिकारीको टुंगो लगायो
-
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
गृह मन्त्रालयमा एक सहसचिव र तीन उपसचिव कानुनविपरीत जगेडामा