१ करोड ८५ लाख मूल्य बराबरको भन्सार छलीका औषधि बरामद
शुक्रबार, १८ जेठ २०८१, १८ : १८

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिणाममा भन्सार छलीका औषधी बरामद गरेको छ । करिब २ करोड मूल्य बराबरको भन्सार छलीका औषधी बरामद भएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले चलाइएको जाँचबाट उक्त औषधीसहित ट्रक बरामद भएको पर्सा प्रहरी बताउँछ । प्रहरीले भन्सार छलीका १ करोड ८५ लाख मूल्य बराबरको औषधी बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।
उनका अनुसार जिल्लाको परवानीपुरमा रहेको प्रहरीको चौकीले चलाएको छड्के जाँचका क्रममा बिलबिजक भन्दा बढीको औषधी बरामद भएको हो ।
बीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश–०२–०३–००१ ख ६५५७ नम्बरको ट्रकबाट बिलबिजक भन्दा बढीको औषधी बरामद भएको प्रहरी बताउँछ ।
औषधीसहित बरामद ट्रकलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल