कांग्रेसको व्यवसायी विकास विभागमा १० जना मनोनित
शुक्रबार, १८ जेठ २०८१, १७ : २६

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा सदस्य मनोनयन गरेका छन् । शुक्रबार सभापति देउवाले पार्टी विधानको धारा २५ (९) १० जनालाई उक्त विभागको सदस्यमा मनोनित गरेका हुन् ।
उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुखमा गत भदै १५ मा पार्टी केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला) मनोनित भएकी थिइन् । विभागीय जिम्मेवारी पाएको १० महिनापछि सभापति देउवाले १० जना सदस्य मनोनित गरेका हुन् ।
सदस्यमा मनोनित हुनेमा खगेन्द्र आचार्य, विश्वामित्र रिजाल, अशोककुमार साह, मुकेश गुप्ता, रबि सापकोटा, रामकृष्ण ढुंगेल, बिपिन राई, उपेन्द्र जोशी, वसन्त जोशी, र लक्ष्मी कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ