एयर इन्डियाको उडान २० घण्टा ढिलो, मन्त्रालयद्वारा कारण देखाऊ नोटिस जारी

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीबाट सान फ्रान्सिस्को जान लागेको एयर इन्डियाको उडान २० घण्टा ढिलो भएपछि यात्रीहरूले निकै सकस भोग्नु परेको छ । बिहीबार साँझ प्राविधिक समस्याका कारण कम्पनीको बोइङ ७७७ विमान घण्टौँ उड्न सकेन ।
दिउँसो तीन बजे उड्ने भनिएको थियो । यस मामिलामा नागरिक उड्ययन मन्त्रालयले कम्पनीलाई तीनदिनभित्र कारण देखाऊ नोटिस जारी गरेको छ ।
उडानको पर्खाइमा रहेका यात्रुका लागि आवश्यक व्यवस्था किन नगरिएको भन्दै मन्त्रालयले एयरलाइन्सलाई सोधेको छ । चर्को गर्मीबिच तापमान ५० डिग्री नाघेको बेला एयरलाइन्सले जनताको समस्या कम गर्न आवश्यक पहल किन गरेन भन्ने मन्त्रालयको चासो छ । यसअघि मे २४ मा पनि उडानमा यस्तै ढिलाइ भएको थियो ।
तोकिएको समयमा कारण नदेखाइएमा कम्पनीलाई एकतर्फी कारबाही गरिने पत्रमा भनिएको छ । विमानभित्र एसी नभएकोले केही यात्री बेहोस भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
यस्तो छ दही र योगर्टबिचको फरक
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता