भारतमा लोकसभाको निर्वाचन अन्तिम चरणमा, ध्यानमा मोदी

नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचन अन्तिम चरणमा पुगेको छ । शनिबार सातौँ तथा अन्तिम चरणको चुनाव हुन लागेको हो ।
बिहीबार देशका सात राज्यमा ५७ सिटमा मतदान भएको थियो । शनिबार हुने मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, कंग्रेसका सांसद राहुल गान्धी आदिको निर्वाचन क्षेत्रमा मतदान हुने छ ।
शनिबारको निर्वाचनसँगै डेढ महिना लामो मतदान सकिनेछ । शनिबार पन्जाबको १३ सिट, हिमाञ्चलमा चार सिट, उत्तर प्रदेशमा १३ सिट, पश्चिम बङ्गालमा ९ सिटमा मतदान हुनेछ । बिहारमा ८ सिट, ओडिसामा ६ सिट अनि झारखन्डमा ३ सिटमा पनि सोही दिन मतदान हुनेछ । यस निर्वाचनमा वारणासीबाट प्रधानमन्त्री नरेन्द्र मोदीले उम्मेदवारी दिएका छन् । उनी तेस्रो पटक पनि प्रधानमन्त्री बन्ने दाउमा छन् ।
शनिबारको मतदानमा भाजपाका संघीय मन्त्री अनुराख ठाकुर हिमाचलको हामिरपुरबाट उठेका छन् । अभिनेत्री कङ्गना रनावत प नि भाजपाको मन्डी सिटमा उठेकी छन् । भाजपाले गोरखपुरबाट अभिनेता रवि किशनलाई उठाएको छ । अप्रिल १९ देखि मे २५ सम्म चलेको छ चरणको मतदानमा २८ राज्यका ४८६ सिटमा मतदान भएका छन् । यी क्षेत्रमा ६२ दशमलव २ प्रतिशतदेखि ६८ दशमलव १६ प्रतिशत मत खसेको छ ।
यसैबिच प्रधानमन्त्री मोदी कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा २ दिनसम्मको ध्यानमा बसेका छन् । मोदी त्यहाँ जुन १ सम्म ध्यानमा रहनेछन् । यस बिचमा उनले तरल पदार्थ मात्रै खाने बताइएको छ । मोदीको यस ध्यानलाई धेरैले चासो दिएर हेरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?