बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी बग्न थाल्यो

शुक्रबार, १८ जेठ २०८१, १५ : ०४
शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ । दोलखाको लामाबगरमा सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी बग्न थालेको छ । शुक्रबार बिहान साढे १० बजे बिगु गाउँपालिका १ लामाबगरस्थित क्यालु खोला र देउरालीको बिचमा सुख्खा पहिरो खस्दा थुनिएको नदी अहिले बग्न थालेको हो ।

तामाकोशी जलविद्युत आयोजनाको लामाबगरस्थित बाँधस्थलबाट करिब साढे २ किलोमिटरको दुरीमा रहेको स्थानमा सुख्खा पहिरो खसेको थियो । 

अहिले नदी बग्न थालेको दोलखाको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । नदी थुनिएलगत्तै स्थानीय प्रशासनले तामाकोशी नदीमा बाढी आउने खतरा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । 

लामाबगरमा निर्माणाधीन नासा हाइड्रो र सानिमा हाइड्रोले सडक निर्माणका क्रममा सुख्खा पहिरो खसेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप