कपिलको शोमा फर्किन लागेका हुन् अलि असगर ?
![कपिलको शोमा फर्किन लागेका हुन् अलि असगर ?](https://npcdn.ratopati.com/media/news/ali-asgar_SEt83cuvJ4.jpg)
नयाँ दिल्ली । कमेडी किङ भनेर चिनिने कपिल शर्माको ‘द ग्रेट इन्डियन कपिल शो’ लाई दर्शकहरूले निकै मन पराइरहेका छन् । शोमा कयौँ सेलिब्रेटी आइरहेका छन् ।
यस्ता कार्यक्रममा कहिल्यै नदेखिने अभिनेता आमिर खान पनि पहिलोपटक कपिलको शोमा आएका थिए । ६ वर्षदेखिको कपिलसँगको तिक्तता मेटाउँदै सुनिल ग्रोबर उक्त शोमा फर्किएका थिए । यस्तोमा कपिलको अघिल्ला शोका चर्चित कमेडियन अली असगर पनि छिट्टै कपिलको शो को हिस्सा बन्न लागेको खबरहरू आइरहेका छन् ।
आफू घुमफिरमा व्यस्त भएको र केही फिल्ममा काम गरिरहेकोले कपिलको नयाँ शो हेर्न नभ्याएको उनले बताएका थिए । टिम राम्रो भएकोले शो राम्रो होला भन्ने जवाफ उनले दिएका थिए । कपिलसँग दोहोर्याएर काम गर्नेबारे सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘यो त दर्शकहरूको माया हो । उनीहरू सधैँ मलाई शो मा फेरि हेर्न पाएपनि हुने भनिरहन्छन् ।’ आफ्नो काम मन पराएकोमा उनले दर्शकहरूलाई धन्यवाद भनेका छन् ।
‘भविष्यको त मलाई थाहा छैन । तर अहिले म आफ्नै च्याट शो चड्डीबड्डीमा व्यस्त छु’ उनको जवाफ थियो । आफ्नो शोमा कपिल शर्मा शोका साथीहरूलाई बोलाउनुहुन्छ त भनेर सोधिएको प्रश्नमा उनले ‘किन नबोलाउनु, बोलाइहाल्छु नि’ भनेका थिए ।
लामो समयसम्म कपिलको शो मा काम गरेपछि अलीले सन् २०१७ मा कपिल शर्मा शो छाडेका थिए । उनले क्रियटिभ मतभेदका कारण शो छोडेको बताइएको थियो । कपिल र सुनिलको झगडा लगत्तै अलीले शो छाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड