अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरका स्कुलमा ६ दिन बिदा

सुर्खेत । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालयहरूमा बिदा दिइएको छ । २० गते आइतबारदेखि २५ गतेसम्म गर्मी बिदा दिइएको हो ।
अत्यधिक गर्मी बढेपछि बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिएको र शिक्षण सिकाइको वातावरण प्रतिकूल भएको भन्दै बिदा दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपसचिव धीरेन्द्रप्रसाद शर्माले अहिले दिइएको गर्मी बिदा वर्षे बिदाबाट कट्टी हुने गरी पठनपाठन बन्द गर्न आग्रह गरिएको बताए ।
साथै सामुदायिक विद्यालयहरूमा सञ्चालन हुने योग तथा ध्यान कक्षा, सङ्गीतसँग सम्बन्धित आधारभूत सीप विकास कक्षा र मनोसामाजिक परामर्श कक्षालाई विद्यालय, विद्यार्थी र मौसम अनुकूलको समय मिलाएर सम्बन्धित संस्थाहरूसँग समन्वय गरी सञ्चालन गर्न पाइने छ ।
चिकित्सकहरूले यस्तो प्रचण्ड गर्मीमा विद्यालय बन्द गर्नुपर्ने सुझाव दिइरहेका छन् । बालरोग विशेषज्ञ डा.नवराज केसी भन्छन्, ‘अझै विद्यालय–क्याम्पस बन्द नगर्नेहरू, यो मौसमभन्दा पनि कठोर हुन्, बाँच र बाँच्न देऊ, प्लिज !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८५ लाख खर्चेर जापानले बनाइदियो विद्यालय
-
‘प्रमुख जिल्ला अधिकारीमार्फत सशस्त्र प्रहरीको परिचालन गर्दा राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा’
-
चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान, तीन अर्ब १९ करोड लागत
-
प्रकृतिको 'परिवारप्रति नै श्रद्धाञ्जली' व्यक्त भएको शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन
-
ट्वाइलेटमा धेरै फोन चलाउनुहुन्छ, पायल्सले सताउला है !
-
युक्रेन पुगे ट्रुडोसमेत कयौँ युरोपेली नेता