‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा

काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर १० गते बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । पहिलो साता सुखद व्यवसाय गर्दै फिल्म बिहीबारबाट दोस्रो सातामा प्रवेश गरेको हो ।
फिल्मको कलेक्सन कति रह्यो भनेर दुवै फिल्मका वितरकले सार्वजनिक गरेका छैनन् । ‘फर्की फर्की’ वितरक गोविन्द शाहीले फिल्मले राम्रो व्यवसाय गरेको बताए पनि कति गर्यो भनेर अहिले भन्न चाहेनन् ।
यता ‘पूजार सार्की’ का वितरक रोहित कट्टेल पनि फिल्मको बक्स अफिस केही दिनमा मात्र सार्वजनिक गर्ने बताउँछन् । दुवै फिल्मले दोस्रो साता पनि राम्रो शो पाएको छ । ‘फर्की फर्की’ अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म हो ।
सुयोग गुरूङकोे लेखन एवं निर्देशन रहेको फिल्म रोहित अधिकारी र ओमप्रकाश अग्रवालले निर्माण गरेका हुन् । ‘टाइम लुप’ कथामा बनेको फिल्ममा लभस्टोरी पनि छ ।
‘पूजार सार्की’ आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू अभिनित फिल्म हो । दिनेश राउत निर्देशित फिल्म विकास सुवेदीले लेखेका हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् । फिल्म जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने सङ्घर्ष कथामा बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ