शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आर्थिक अनियमिततामा स्पेनिस फुटबल जेरार्ड पिकेमाथि छानबिन

शुक्रबार, १८ जेठ २०८१, १२ : १९
शुक्रबार, १८ जेठ २०८१

काठमाडौँ । आर्थिक अनियमितता गरेको आरोपमा स्पेनका चर्चित फुटबलर जेरार्ड पिकेमाथि छानबिन अगाडि बढाइने भएको छ । स्पेनको अदालतले पिकेमाथि छानबिन गर्न निर्देशन दिएको हो ।

पिके आफ्नो समयका प्रभावशाली डिफेन्डर हुन् । उनले स्पेनिस पावर हाउस बार्सिलोना र इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पनि व्यवसायिक फुटबल खेलेका थिए ।

उनीमाथि स्पेनिस सुपर कप साउदी फुटबल प्रतियोगिता अरेबियामा सारिएको सम्झौतामा संलग्न रहेर आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।

पिकेको कम्पनी कसमसले स्पेनिस फुटबल महासंघसँग स्पेनिस सुपर कपको विषयमा सम्झौता गरेको थियो । ३७ वर्षीय पीके स्पेनिस राष्ट्रिय टोलीका पूर्व खेलाडी पनि हुन् ।

पिकेले भने आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । पिके र स्पेनिस फुटबल महासङ्घका तत्कालीन अध्यक्ष लुइस लुबियालेसबिचको अडियो वार्ता बाहिरिएपछि यो प्रसङ्ग बाहिर आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप