प्रचण्डले बोलाए संसदीय दलको बैठक
शुक्रबार, १८ जेठ २०८१, ११ : १०

काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा बैठक बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन