कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सिबी लामा पक्राउ
शुक्रबार, १८ जेठ २०८१, २१ : ००
_qPctMckWFC.jpg)
काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ ।
कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए । २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक
-
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो
-
फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य
-
अभिषेक र हैदराबादसामु नतमस्तक बने यी रेकर्डहरू
-
रवि लामिछानेको मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा
-
जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो