सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, १७ जेठ २०८१, २१ : ५५
बिहीबार, १७ जेठ २०८१

आज मिति २०८१ साल जेठ महिनाको १७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. सन्दीपले पाएनन् भिसा

क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । खेलकुद मन्त्रालयका अनुसार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।

२. देउवाको माधव कार्ड

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मधेस प्रदेशबाट वैकल्पिक गठबन्धनको अभ्यास गर्न खोजेको छ । केन्द्रको समीकरणमा विपक्षी कित्तामा रहेका जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र सत्तारुढ नेकपा एकीकृत समाजवादीलाई साथमा लिएर मधेसमा वैकल्पिक गठबन्धन निर्माणका लागि कांग्रेसले प्रयास थालेको हो ।

 

३. विवादमा लामिछानेको निर्णय

ट्राफिक नियम उल्लङ्घनकर्तालाई स्वयंसेवकको रूपमा एक घण्टा सडकमा खटाउने उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्णय विवादमा परेको छ ।

सडक प्रयोगका क्रममा विभिन्न कारणले सवारी नियम उल्लङ्घन गरेका चालकलाई सडकमा स्वयंसेवकका रूपमा खटाउन थालेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले  कटाक्ष गरेका छन् भने सडकमा स्वयंसेवक बनाइएका व्यक्तिहरू पनि असन्तुष्ट देखिएका छन् ।

 

४. राष्ट्रपतिको विदेश भ्रमण

राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन त्यहाँ जान लागेका हुन् ।

 

५. उमेरहद कार्यदल

गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

६. संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित

संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको छ । यसअघि संवैधानिक परिषद्ले कुनैपनि निर्णय गर्नुपर्दा कसरी गर्ने भन्नेमा विवाद रहँदै आएको थियो ।

७. अल्झियो एकता

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) को  महिन्द्र राय यादव पक्षबिचको एकता प्रक्रियाले पूर्णता पाउन ढिलाइ भएको छ ।

नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराईलाई बाइपास गर्दै चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबिच एकता गर्ने गरी चार बुँदे  सहमति भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमाधान मेलाले सरकारका नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा सहयोग पुर्‍याउने बताएका छन् । विराटनगरबाट आजदेखि सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

८. सेयर बजार

साताको कारोबारको अन्तिम दिन पनि सेयर बजार परिसूचक (नेप्से) मा १९.८९ अंक गिरावट भएको छ । बजेटको भोलिपल्ट बुधबार २३ अंक माथिले घटेको नेप्से बिहीबार थप १९.८९ अंकले घट्दै २ हजार ६९.५३ बिन्दु झरेको हो ।

९. गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्न प्रत्येकको हिसाब माग्ने बताएका छन् ।

१०. अर्थमन्त्रीको दाबी

अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको बताएका छन् ।  करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताएका हुन् ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप