आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल लिगको तयारी पूरा
काठमाडौँ । नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ ।
बिहीबार काठमाडौँको होटल क्राउन प्लाजामा सम्पन्न प्राविधिक बैठकमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक तथा नेपाल भलिबल संघका उपाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा सहभागी सबै टिमलाई शुभकामना दिँदै उपाध्यक्ष श्रेष्ठले अनुशासित भएर खेल्न र आफ्नो खेल क्षमता प्रस्तुत गर्न अनुरोध गरे । यस्तै, रेफ्री संयोजक विजय केसीले टेक्निकल पक्षको विषयमा प्रस्ट पार्दै खेल नियमानुसार खेल्न र सबै टोलीलाई शुभकामना दिएका छन् ।
प्रतियोगिता जेठ १९ गतेबाट त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा आयोजना हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा दिउँसो ३ बजे महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ । उद्घाटन खेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ, ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ लगायतको सहभागिता रहनेछ ।
जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली प्रतिस्पर्धा गर्नेछन् । लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुनेछ । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई खेल गरी कूल ६ खेल हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल
-
समीर भट्टको फिल्म ‘बलिदान’को रिलिज कहिले ?
-
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, ५८ हजारभन्दा बढी कर्मचारी लाभान्वित हुने
-
कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन (तस्बिरहरु)
-
दरबारमार्गमा सुरु भयो एमालेको जागरणसभा (LIVE)
-
महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण हुँदै