दुबईका प्रतिष्ठित कम्पनीमा कार्यरत नेपालीहरू संगठित हुँदै
काठमाडौँ । वैदेशिक रोजगारीका लागि दुबई पुगेर विभिन्न प्रतिष्ठित कम्पनीमा काम गर्दै नेपालीहरू संगठित भएका छन् । विभिन्न बैंकका उपाध्यक्षदेखि चार्टर्ड एकाउन्टेन्ट, डाक्टर, उद्यमी लगायतका उच्च तहमा कार्यरत नेपालीहरू संगठित भएका हुन् ।
उनीहरूले दुबई नेपाली प्रभावशाली समूह दुबई (डीएनआईजी) खोलेका हुन । उच्च तहमा कार्यरत तथा नेपालीहरू सदस्य बनेका छन् । इन्जिनियरहरू, मानव संशाधन प्रमुखहरू, विद्वानहरू, विद्यार्थीहरू सम्मका विभिन्न क्षेत्रका व्यक्तिहरू समूहमा आबद्ध हुँदै आएका हुन् ।
‘खाडीमा नेपाली श्रमिक मात्र होइन सफल पनि हो’ भन्ने सन्देश दिन संगठित भएको समूहका संस्थापक मनोज मरहट्टाले बताए । सबै क्षेत्रका नेपालीहरूलाई पेसागत दृष्टिकोणका साथ समाजमा स्थापित गराउनु यसको मुख्य उद्देश्य रहेको मरहट्टाको भनाइ छ । यो समूह शून्य राजनीति समूह हो । यसले महत्वकाक्षा तथा करियर उन्मुख र समाजलाई फिर्ता दिने कुरमा बढी केन्द्रित गर्दै आएको छ । उक्त समूहमा आबद्ध हुनका लागि विभिन्न प्रक्रियाहरू अवलब्धन गर्नुपर्ने हुन्छ । यसमा केही प्रश्नहरू सोध्ने गरिन्छ । र त्यसको जवाफ दिनुपर्ने हुन्छ । त्यही आधारमा उक्त समूहमा आबद्ध हुन सकिन्छ ।
अहिले उक्त समूहमा ३०० भन्दा बढी सदस्य पुगिसकेका छन् । यसले उच्च तहमा पुगेका नेपालीहरूको क्षमता विकास, भाईचाराको सम्बन्ध स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यसका साथै मृतक नेपालीहरूको शव नेपाल पठाउन समेत सहयोग गर्दै आएको छ । त्यस्तै निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क करियर सत्र, निःशुल्क योग तथा दिमागी उपचार सत्र, प्रतिष्ठित व्यापारी नेताहरूसँग निःशुल्क नेतृत्व सत्र आयोजना गरेको थियो । यसको राम्रो पक्ष भनेको आफ्ना सदस्यहरूबाट कुनै पनि शुल्क लिने गरेको छैन । तर, समूहका मुख्य १० जनाले मात्रै कार्यक्रम तथा भेटघाटको खर्च गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते
-
नेपाल प्रिमियर लिग : प्रचण्ड र देउवाद्वारा उपाधि वितरण (तस्बिरहरु)
-
गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ
-
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री
-
निसम बने एनर्जेटिक प्लेयर, विपिन एमर्जिङ प्लेयर
-
नेपाल प्रिमियर लिगमा जेब बने प्रतियोगिताको उत्कृष्ट खेलाडी