दुधको रकम अझै भुक्तानी हुन सकेन
बिहीबार, १७ जेठ २०८१, २० : ०९

काठमाडौँ । किसानलाई दुधको रकम अझै भुक्तानी हुन सकेको छैन । किसानको ४ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी हुन बाँकी रहेको हो ।
नेपाल डेरी एसोसिएसनले बिहीबार पत्रकार सम्मेलन गर्दै किसानले अझै ४ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी हुन नसकेको र यसमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको रहेको जनाएको हो ।
यस्तै, एसोसिएसनले अझै ४ अबै रुपैयाँ बराबर बटर र चीज स्टक रहेको उल्लेख गरेको छ ।
यसैबिच ‘दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनले जेठ १९ गते २४ औँ विश्व दुध दिवस मनाउने भएको छ ।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दैनिक गुणस्तरीय दुध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दुध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न ७ प्रदेशमा विभिन्न कार्यक्रम गरेर दुध दिवस मनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय