जेलमा रहेका इमरान खानलाई राहत

इस्लामवाद । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि अहिले राहतको खबर आएको छ । पाकिस्तानको एक अदालतले गत वर्ष मे ९ मा भएको हिंसासँग सम्बन्धित दुई मुद्दामा पर्याप्त प्रमाण नभएको भन्दै इमरानलाई सफाइ दिएको छ ।
खानलाई गत वर्ष भ्रष्टाचार घोटालामा पक्राउ गरेपछि उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले एक विरोध प्रदर्शनका क्रममा संवेदनशील सैन्य प्रतिष्ठानलगायत सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका थिए । साे हिंसाकै कारण पार्टीका नेता पक्राउमा परेका थिए ।
पीटीआईका संस्थापक इमरान खानविरुद्ध शहजाद टाउन पुलिस स्टेसनमा दर्ता भएको दुई मुद्दाहरूलाई चुनौती दिने याचिका इस्लामावाद जिल्ला र सत्र अदालतका न्यायिक मजिस्ट्रेट उमर शब्बीरले मन्जुरी दिएको थियो । तर ७१ वर्षीय खानका सम्बन्धमा अभियोजन पक्षले पेश गरेका प्रमाण पर्याप्त नभएको उनलाई दोषी ठहर्याउन नसकिने अदालतको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग
-
कोशी प्रदेश सभामा ‘राजा’ शब्द निषेध
-
रुसले युक्रेनमा गर्यो ठुलो आक्रमण, २६७ ड्रोन प्रहार
-
त्रिविको अनुगमन निर्देशनालयमा रैखोला र श्रेष्ठ नियुक्त
-
क्रिकेटरहरूले ओठ र अनुहारमा किन सेतो रङ लगाउँछन् ?