लोसपाले वितरण गर्दैछ पाँच लाख सदस्यता

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डेढ महिनाभित्र पाँच लाख सदस्यता वितरण गर्ने भएको छ । २०८२ मा पार्टीको महाधिवेशन गर्ने लक्ष्यसहित सुरु गरिएको सदस्यता वितरण अभियानमार्फत पाँच लाख सदस्यता वितरण गरिने पार्टीका महासचिव मनिष मिश्रले बताए ।
लोसपाले जेठ ११ गतेदेखि सदस्यता वितरण अभियान सुरु गरेको छ । मधेश प्रदेशका आठवटा जिल्लामध्ये सात वटामा अभियान सम्पन्न भइसकेको छ ।
अर्को चरणमा लुम्बिनी प्रदेश तथा कोशी प्रदेशमा सदस्यता वितरण गर्ने अभियान सञ्चालन हुने बताए । यो अभियान असार मसान्तसम्म चल्ने बताइएको छ ।
‘यो अवधिमा पाँच लाख सदस्यता वितरण गरिसक्नुपर्छ । डेढ महिने अभियान सम्पन्न भएपछि अधिवेशन सुरु हुन्छ’ महासचिव मिश्रले भने ।
२०८२ को वैशाखमा महाधिवेशन गर्ने गरी सङ्गठनको काम अगाडि बढेको उनले बताए । तत्कालीन तमलोपाको प्रथम महाधिवेशन २०७३ मा भएको थियो । त्यसयता महाधिवेशन भएको छैन ।
तमलोपाबाट राजपा र राजपाबाट जसपा हुँदै लोसपा बनेको हो । विभिन्न पार्टीहरूसँग एकता र सहकार्य गरिरहेका कारण महाधिवेशन भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली
-
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
-
बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी