कृषि बीमाको ९७ करोड तत्काल भुक्तानी गरिने
बिहीबार, १७ जेठ २०८१, १६ : ०८

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमाको ९७ करोड रकम तत्काल भुक्तानी गर्ने भएको छ । २०८० चैत्र १ गतेदेखि स्थगन भएको बीमाको रकम तत्काल भुक्तानी गर्न पहल गरेको हो ।
कृषि तथा पशुपन्छी बीमा अन्तर्गतको बीमालेख बापत प्राप्त गर्नुपर्ने वाली तथा पशुधन बीमा प्रिमियम रकम मध्य हाललाई करिब ९७ करोड रुपैयाँ तत्काल भुक्तानी गर्ने मन्त्रालयले जनाएको छ ।
बीमकहरुले कृषि तथा पशुपन्छी बीमा निरन्तर सुचारु गर्ने गरी सहमति भएको समेत मन्त्रालयले उल्लेख गरेको छ । बाँकी रकम भुक्तानीका लागि चालु आर्थिक वर्षभित्र गर्नेगरी मन्त्रालयले पहल गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म