बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : असाद भाला (कप्तान, पपुवा न्यु गिनी)

बिहीबार, १७ जेठ २०८१, १६ : ०४
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेल टेस्ट राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) बिच खेलिँदै छ । यसपटक पपुवा न्यु गिनी छनोट चरण पार गर्दै टी–२० विश्वकपमा सहभागी भएको हो ।

पपुवा न्यु गिनीको टी–२० विश्वकपमा यो केवल दोस्रो सहभागिता हो । पपुवा न्यु गिनीले यसअघि सन् २०२१ को टी–२० विश्वकपमा सहभागिता जनाएको थियो । त्यतिबेला पपुवा न्यु गिनी पहिलो चरणबाटै बाहिरिएको थियो ।

टी–२० विश्वकपको दोस्रो सहभागितामा पपुवा न्यु गिनीको कप्तानी असाद भालाले गर्दैछन् । ३६ वर्षीय असाद भाला पपुवा न्यु गिनीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनी टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् ।

असाद भालाको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो देखिन्छ । उनको फिल्डिङ पनि कमालको छ । उनले क्यारेबियन टोलीका लागि एकदिवसीय र टी–२० गरी दुवै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ६६ खेलमा उनले ३०.८१ को औसतले कुल दुई हजार तीन रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको स्ट्राइक रेट ६९.२६ हो । उनको उच्च स्कोर भने एक सय चार रन हो ।

असाद भालाले एकदिवसीय क्रिकेटमा एक शतक र १२ वटा अर्धशतक प्रहार गरिसकेका छन् । उनले ३४ वटा क्याच पनि लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ५५ वटा विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन १७ रन खर्चिएर तीन विकेट हो ।

यसैगरी उनले ५९ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ५६ पालीमा २६.४६ को औसतले कुल एक हजार दुई सय ४४ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइक रेट भने ११८.३६ रहेको छ ।

असाद भालाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आठवटा अर्धशतक पनि प्रहार गरिसकेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने अविजित ९३ रन हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले २८ वटा क्याच पनि लिएका छन् ।

यसका अतिरिक्त असाद भालाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ विकेट पनि लिइसकेका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन भने केवल सात रन खर्चिएर तीन विकेट हो । उनले सातवटा प्रथम श्रेणीको क्रिकेट र एक सय एकवटा लिस्ट ‘ए’ क्रिकेट पनि खेलिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप