बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : रोभमन पावेल (कप्तान, वेस्ट इन्डिज)

बिहीबार, १७ जेठ २०८१, १६ : ००
बिहीबार, १७ जेठ २०८१

आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेल टेस्ट राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) बिच खेलिँदै छ । वेस्ट इन्डिज आईसीसी टी–२० विश्वकपको हरेक संस्करणमा सहभागिता जनाउँदै आएको राष्ट्र हो ।

वेस्ट इन्डिज दुईपटक टी–२० विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र पनि हो । वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा टी–२० विश्वकपको उपाधि चुमेको थियो । वेस्ट इन्डिज टी–२० विश्वकपको नवौँ संस्करणको आयोजक राष्ट्र पनि हो ।

यो संस्करणमा वेस्ट इन्डिजको टोलीको कप्तानी रोभमन पावेलले गर्दैछन् । ३१औँ वर्ष प्रवेशको नजिक रहेका रोभमन पावेल क्यारेबियन टोलीका अनुभवी अलराउन्डर हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ गरी तीनवटै विधामा उनी निपुण छन् ।

पावेलले देशका लागि एकदिवसीय र टी–२० गरी दुईवटा ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले टेस्ट क्रिकेटमा भने हालसम्म ‘डेब्यू’ गरेका छैनन् । ५१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको ४८ पालीमा उनले २१.७५ को औसतले कुल नौ सय ७९ रन बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा उनको स्ट्राइक रेट ८४.९० हो । यस क्रममा उनले एक शतक र दुई अर्धशतक पनि प्रहार गरेका छन् । उनको उच्च स्कोर भने एक सय एक रन हो । एकदिवसीय क्रिकेटमा उनले १६ वटा क्याच पनि लिएका छन् ।

यसैगरी उनले ७१ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ६१ पालीमा २६.२४ को औसतले कुल एक हजार तीन सय १२ रन बनाएका छन् । उनको स्ट्राइक रेट १४४.८१ हो । यो ढाँचाको क्रिकेटमा उनले एक शतक र ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर भने एक सय सात रन हो । उनले ३३ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट पनि लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप