बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : साद बिन जाफर (कप्तान, क्यानडा)

बिहीबार, १७ जेठ २०८१, १५ : ५६
बिहीबार, १७ जेठ २०८१

आईसीसी टी–२० विश्वकपको उद्घाटन खेलमा क्यानडाले आयोजक राष्ट्र अमेरिकाको सामना गर्दैछ । टी–२० विश्वकपमा क्यानडा र अमेरिका दुवैको यो पहिलो सहभागिता हो । अमेरिका आयोजक राष्ट्रको रूपमा यो विश्वकपमा सहभागी भएको हो ।

क्यानडा भने अमेरिकी क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा सहभागी भएको हो । पहिलो सहभागितामा क्यानडाको टोलीको कप्तानी साद बिन जाफरले गर्दैछन् । उनी टोलीका अनुभवी अलराउन्डर खेलाडी हुन् ।

३७ वर्षीय साद बिन जाफरले क्यानडाका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट छ । १२ एकदिवसीय अन्तर्राष्ट्रियको १० पालीमा उनले कुल एक सय ३६ रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट स्कोर अविजित ३१ रन हो । उनले तीनवटा क्याच पनि लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइक रेट ६७.३२ रहेको छ ।

यसैगरी उनले ३८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको १९ पालीमा कुल दुई सय ७२ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १३३.९९ रहेको छ । उनको उच्च स्कोर भने अविजित २९ रन हो ।

यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४३ विकेट पनि लिएका छन् । एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन ४३ रन दिएर तीन विकेट हो । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन केवल आठ रन दिएर तीन विकेट हो । साद बिन जाफरले दुईवटा प्रथम श्रेणीको क्रिकेट र ४५ वटा लिस्ट ‘ए’ प्रतियोगिता पनि खेलेका छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप