रणवीरको फिल्म ‘राक्षस’को सुटिङ स्थगित

नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंह दक्षिण भारतका चर्चित निर्देशक प्रशान्त बर्माको मेगा बजेट फिल्म ‘राक्षस’मा काम गर्दै थिए । तर यो फिल्मको सुटिङ अनिश्चित अवधिसम्मका लागि स्थगित भएको छ ।
रणवीर र प्रशान्तले यस विषयमा संयुक्त विज्ञप्ति जारी गरेका छन् । यो फिल्म अल्लु अर्जुनको ‘पुष्पा’ फ्रेन्चाइजीको निर्माता मैत्री मूभी मेकर्सले बनाउँदै थियो ।
फिल्मको नाम सुरुमा ‘ब्रह्मराक्षस’ र त्यसपछि ‘राक्षस’ राखिएको थियो । पछिल्लो समय यो फिल्मको निकै चर्चा भइरहेको थियो । प्रशान्तको फिल्म ‘हनुमान’ ब्लकबष्टर बनेपछि रणवीर सिंह आफैँले पनि उनीसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए । लामो समयसम्म फिल्मको कथाबारे छलफलपछि दुवैले यसको स्क्रिप्ट फाइनल पनि गरेका थिए ।
खबरका अनुसार हैदराबादमा यस फिल्मको प्रोमो र अनाउन्समेन्ट भिडियोको सुटिङका क्रममा रणवीर र प्रशान्तबिच अनबन भएको थियो । सोलगत्तै रणवीरले फिल्म छोडेको खबर आएको थियो ।
रणवीर र प्रशान्तबिच रचनात्मक भिन्नताका कारण फिल्मको सुटिङ पछाडि सरेको हुन सक्ने बताइएको छ ।
यस विषयमा रणवीर सिंहले पहिलो पटक आधिकारिक वक्तव्य जारी गरेका छन् । उनको टिमले दिएको विज्ञप्तिका अनुसार रणवीरले भविष्यमा रोमाञ्चक काममा सँगै काम गर्ने आशा व्यक्त गरेका छन् । यो बयानसँगै फिल्मका निर्देशक प्रशान्तको पनि एक वक्तव्य आएको छ । रणवीर जस्तो ऊर्जा र प्रतिभा पाउन गाह्रो भएको र चाँडै नै भविष्यमा सँगै काम गर्ने विज्ञप्तिमा उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?