२४ घण्टामा गर्मीका कारण बिहारमा १४ जनाको मृत्यु
बिहीबार, १७ जेठ २०८१, १३ : ३८

पटना । भारतको बिहार राज्यमा लगातार गर्मी बढिरहेको छ । गर्मीले पछिल्ला सबै रेकर्ड तोडेको छ ।
गर्मीबाट तत्काल राहत नपाइने भन्दै मौसम विभागले अलर्ट जारी गरेको छ । बुधवारको गर्मीले राज्यमा १४ जनाको मृत्यु भएको बताइएको छ । गर्मीले गर्दा कयौँ विद्यालयमा शिक्षक र विद्यार्थीसमेत गरेर ३३७ जना बिरामी भएका थिए ।
मौसम विभागले बिहीबारका लागि राज्यको कयौँ जिल्लामा अलर्ट जारी गरेको छ । पछिल्लो समय गर्मी बढिरहँदा भारतका कयौँ राज्यमा हिटस्ट्रोकका कारण मर्नेको सङ्ख्या बढेको छ ।
उत्तर प्रदेशमा बुधबार एकै दिन ५१ जनाको मृत्यु भएको खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण
-
२० वर्ष पुराना ट्याक्सी जफत सुरु, शुक्रबार ट्राफिकले समात्यो दर्जनभन्दा बढी ट्याक्सी
-
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री