मलेसियामा २ अर्ब डलर खर्चेर डेटा सेन्टर बनाउँदै छ गुगल

क्वालालम्पुर । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगलले मलेसियामा २ अर्ब डलर लगानी गर्ने भएको छ । कम्पनीले त्यहाँ आफ्नो पहिलो डेटा सेन्टर र क्लाउड रिजन बनाउँदै छ । एआई र क्लाउड सेवाको माग बढिरहँदा कम्पनीले बिहीबार सो लगानीको घोषणा गरेको छ । सो लगानी मलेसिया सरकारसँगको सहकार्यमा गर्न लागिएको बताइएको छ । यो मलेसियामा कम्पनीले गर्न लागेको सबैभन्दा ठुलो लगानी हुनेछ ।
सो डेटा सेन्टरले गुगलको सर्च, म्याप्स र वर्कस्पेस जस्ता डिजिटल सेवालाई चलाउने बताइएको छ । कम्पनीले त्यहाँ विद्यार्थी र शिक्षकका लागि दुई वटा एआई साक्षर कार्यक्रम पनि सुरु गरेको छ । गुगलको सो लगानीले मलेसियामा साढे २६ हजार रोजगारी सृजना गर्ने र त्यहाँको जीडीपीमा सन् २०३० देखि ३ अर्ब २० करोड डलरको योगदान दिने आशा गरिएको छ । मलेसियामा गुगल १३ वर्ष अघि छिरेको थियो ।
यही महिनाको सुरुमा अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले पनि मलेसियामा नयाँ क्लाउड र एआई पूर्वाधारमा २ अर्ब २० करोड डलर लगानी गर्ने घोषणा गरेको थियो । पछिल्लो समय माग बढ्न थालेपछि गुगल र माइक्रोसफ्टले दक्षिण पूर्वी एसियामा लगानी बढाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र आउनुमा ‘राजा ज्ञानेन्द्रको भूमिका’
-
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
२०६३ वैशाख ११ गते सम्बोधनमा के भनेका थिए ज्ञानेन्द्र शाहले ?
-
ओभरटेक गर्ने क्रममा बस दुर्घटना, १३ जना घाइते
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै