सन् २०२३ मा विश्वभर १ हजार १५३ जनालाई फाँसी
बिहीबार, १७ जेठ २०८१, १२ : ३६
लन्डन । गतवर्ष विश्वभर मृत्युदण्डको सजाय बढेको छ । एमनेस्टी इन्टरनेशनलले बुधवार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको छ । गएको वर्ष विश्वभर १ हजार १५३ जनालाई फाँसी दिइएको थियो ।
यो सङ्ख्या सन् २०२२ को तुलनामा ३० प्रतिशत बढी हो । यो सङ्ख्या सन् २०१५ यताकै उच्च हो । फाँसी दिने देशको सङ्ख्या कीर्तिमानी न्यूनस्तरमा झरेको भए पनि सजाय पाउनेको सङ्ख्या भने बढेको छ ।
गएको वर्ष कूलमध्ये इरानमा सबैभन्दा बढी ८५३ जनालाई फाँसी दिइएको थियो । सजाय पाउनेमा २४ महिला र ५ बालबालिका पनि रहेका थिए ।
रिपोर्टअनुसार इरानपछि सबैभन्दा धेरै मृत्युदण्ड दिने देशको सूचीमा साउदी अरेबिया, सोमालिया र अमेरिका पर्छ । चीनमा पनि हजारौँ मानिसलाई फाँसी दिइएको छ । तर चीनबाट आधिकारिक तथ्याङ्क नआएकोले चीन यो सूचीमा परेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै