शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कर फेरबदलको विरोध गरेपछि अर्थमन्त्रीले उद्योगीलाई छलफलमा बोलाए

बिहीबार, १७ जेठ २०८१, १२ : २८
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विरोधमा रहेका मेल्टिङ उद्योगीलाई भेट्ने भएका छन् । आगामी वर्षको बजेटमार्फत स्पञ्ज आइरनको कर बढेसँगै मेल्टिङ उद्योगी विरोधमा छन् । उनीहरुको विषय सुन्नलाई आज दिउँसो ४ बजे मन्त्रालयमा मन्त्री पुनले उद्योगी भेट्न लागेका हुन् ।

३ वर्षअघि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरनको भन्सार दर शून्यमा झारेका थिए । त्यसयता स्पञ्ज पगालेर रड बनाउने उद्योगको संख्या बढेर १८ पुगिसकेको छ । यी उद्योगमा ३६ अर्बभन्दा बढीको लगानी भइसकेको उद्योगीहरुको भनाई छ ।

निरन्तररुपमा कार्यक्रम नै आयोजना गर्दै विरोध गर्न थालेपछि अर्थमन्त्रीले उद्योगीलाई छलफलमा बोलाएका हुन् । सो छलफलमा करका दर कसरी तय भएका भन्ने विषयमा उद्योगीलाई जानकारी दिने अर्थमन्त्री पुनले बताए । ‘हामि उहाँहरुको कुरा पनि सुन्छौं,’ पुनले भने, ‘हाम्रा आधार पनि राख्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप