गुडिरहेको विमानको इन्जिनमा परेका व्यक्तिको मृत्यु
एम्स्टर्डम । नेदरल्याण्ड्सको एम्स्टर्डमस्थित शिफोल विमानस्थलमा ठुलो दुर्घटना भएको छ । विमानस्थलबाट प्रस्थानको तयारीमा रहेको विमानको इन्जिनमा एक व्यक्ति फसेका थिए । इन्जिनमा फसेका ती व्यक्तिको मृत्यु भएको छ ।
केएलएमको यात्रुवाहक विमान केएल १३४१ विमान डेनमार्कको बिलन्डतर्फ जान लागेको बेला यो दुर्घटना भएको हो । यस घटनाबारे केएलएमले छानबिन गरिरहेको बताइएको छ । नेदरल्यान्डको सैन्य प्रहरीले पनि यस मामिलामा छानबिन सुरु गरेको छ । सो विमानबाट सबै यात्री र क्रुलाई बाहिर निकालिएको बताइएको छ ।
मृतकको अहिलेसम्म पनि पहिचान खुलाइएको छैन । स्थानीय मिडियाका अनुसार मृतक विमानस्थलका कर्मचारी हुन सक्छन् ।
विमान छोटो दूरीको एम्ब्रेयर जेट थियो । केएलएमले लन्डन र नजिकैका अन्य गन्तव्यहरूमा यो विमान उडान गर्दै आएको छ । शिफोल यूरोपको सबैभन्दा व्यस्त विमानस्थल हो । विमानस्थलमा कडा सुरक्षा व्यवस्था छ । यहाँ दुर्घटना नगण्य हुन्छ । गएको वर्ष पनि डेल्टाको यात्रुवाहक विमानको इञ्जिनमा परेर विमानस्थलका एक जना २७ वर्षीय कर्मचारीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ
-
१६ दिन थुनामा रहेका मन्त्रीले पाए क्लिनचिट, दुई अभियोगमा मुद्दा लाग्ने यी हुन् ११ प्रतिवादी
-
सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
-
बागमती प्रदेश खेलकुद परिषद्मा ४ जना सदस्य नियुक्त
-
अति संवेदनशील मतदान स्थलमा १६ जना प्रहरी परिचालन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
-
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने यी हुन् ९ आधार