ट्रम्प विजयी भए एलन मस्क ह्वाइट हाउसको सल्लाहकार बन्ने

वाशिङटन डीसी । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटकको निर्वाचनमा आफूले जिते खर्बपति व्यापारी एलन मस्कलाई नीति सल्लाहकारमा नियुक्त गर्ने खबर बाहिर आएको छ ।
वाल स्ट्रिट जर्नलमा छापिएको खबरका अनुसार यसबारे मस्क र ट्रम्पबिच छलफल पनि भइसकेको छ । यसअघि मस्कले बनाइडेनलाई समर्थन गर्ने अनुमान गरिएको थियो । तर मस्कले जो बनाइडेलाई समर्थन गरेका छैनन् ।
अमेरिकाका शक्तिशाली उद्योगपतिहरूलाई जो बाइडेलाई समर्थन नगर्न कसरी फकाउने भनेर पनि ट्रम्पसँगको कुराकानीमा मस्कले भनेको समाचारमा उल्लेख छ ।
चुनावी अभियानमा मस्कले बाइडेन वा ट्रम्प कसैलाई पनि दान दिएका छैनन् । पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थन गरिरहेका छन् ।
मस्कले आप्रवासन, विद्युतीय सवारी साधन र शुल्क लगायत विषयमा बाइडेनको खुलेर आलोचना गरिरहेका छन् । पछिल्लो समय मस्क र ट्रम्पबिच बारम्बार भेटघाट वा फोन वार्ता भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको सर्वदलीय बस्दै
-
३५ किलो गाँजासहित एक जना पक्राउ
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र
-
बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने