बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

गाजा–इजिप्ट सीमामा रहेको रणनीतिक करिडोर इजरायली सेनाको नियन्त्रणमा

बिहीबार, १७ जेठ २०८१, ११ : ३०
बिहीबार, १७ जेठ २०८१

जेरुसेलम । गाजा–इजिप्टको सीमामा रहेको रणनीतिक करिडोर आफ्नो नियन्त्रण रहेको दाबी इजरायलको रक्षा मन्त्रालयले गरेको छ । अहिलेसम्म इजिप्टको सिनाईतर्फ जाने २० वटा सुरुङ पत्ता लागेको पनि बताइएको । सन् २००६ मा हतियार तस्करी रोक्न १४ किमी लामो फिलाडेल्फिया कोरिडोर बनाइएको थियो ।

सन २००७ मा हमासले हिंसात्मक रूपमा गाजा कब्जामा लियो । इजरायली सेनाका अनुसार भूमध्यसागरको एउटा खण्ड बाहेक करिडोरको अधिकांश भागमा सैनिकहरू भौतिक रूपमा उपस्थित थिए ।  इजरायलको यस कदमले इजिप्टसँगको उसको सम्बन्ध बिग्रने देखिएको छ । आफ्नो सीमा नजिक इजरायलको बढ्दो गतिविधिलाई इजिप्टले मन पराएको छैन ।

गएको वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेको थियो । जवाफमा इजरायलले पनि गाजापट्टीमा आक्रमण गरेको थियो । इजरायल र हमासबिचको यो द्वन्द्वमा १२ हजार मानिसको मृत्यु भएको थियो भने २५२ इजरायली र विदेशीलाई हमासले बन्धक बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप