‘छक्का पञ्जा ५’को नायिकामा वर्षा, आजैदेखि छायाङ्कन
बिहीबार, १७ जेठ २०८१, १० : ५१

काठमाडौँ । फिल्म ‘छक्कापञ्जा ५’मा अभिनेत्री वर्षा सिवाकोटी रहने भएकी छन् । निर्माण युनिटले आज फिल्मको एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री सार्वजनिक गरेको हो । पोस्टरमा वर्षाको अलावा दीपकराज गिरी र केदार घिमिरे माग्ने बुढा पनि देखिएका छन् ।
पोस्टरमा फिल्मको रिलिज मिति आगामी असोज २४ गते फूलपाती बताइएको छ । फिल्मको छायाङ्कन आजैबाट सुरु हुँदै छ । फिल्मको अन्य कलाकार खुलाइएको छैन । दीपाश्रीले निर्देशन गर्ने फिल्मले अर्थ–सामाजिक आयामलाई व्यंग्य गर्ने बताइन्छ ।
काभ्रेको पाँचखाल क्षेत्र, पनौती, पोखरा आसपासमा ४५ दिन छायाङ्कन सेडुल निर्धारण गरेको फिल्म आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा