शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

२० लाख पाउण्ड भन्दा बढी कोषको २२ नयाँ परियोजना घोषणा

बिहीबार, १७ जेठ २०८१, ०९ : ५५
बिहीबार, १७ जेठ २०८१

काठमाडौँ । ब्रिटिस काउन्सिल कल्चरल प्रोटेक्सन फन्डले १० देशहरूमा २० लाख पाउण्ड भन्दा बढी कोषको २२ नयाँ परियोजना घोषणा गरेको छ ।  परियोजनाहरूले द्वन्द्व वा जलवायु परिवर्तनको प्रभावबाट जोखिममा रहेका सांस्कृतिक सम्पदाको संरक्षण गर्ने छन्। मध्यपूर्व, उत्तर र पूर्वी अफ्रिका बाहेक, कोषले पहिलो पटक पाकिस्तान र नेपालमा दक्षिण एसिया अगुवा कार्यक्रमको हिस्साको रूपमा काम जनाइएको छ । 

२० लाख पाउण्ड भन्दा बढीको कोष सिरिया, इराक, केन्या, सुडान, इथियोपिया, कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र, युगान्डा, तान्जानिया र पहिलो पटक पाकिस्तान र नेपालका सांस्कृतिक सम्पदाको संरक्षणमा विनियोजन गरिएको फन्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षण संयुक्त अधिराज्यको प्राथमिक उद्देश्य हो, जुन उद्देश्य प्राप्त गर्न कल्चरल प्रोटेक्सन फन्डले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ, ‘संस्कृति, मिडिया तथा खेलकुद विभागसँगको सहकार्यमा ब्रिटिस काउन्सिलले नेतृत्व गरेको यो पहलले सांस्कृतिक सम्पदाहरूको संरक्षण सुनिश्चित गर्दछ।  भवन तथा पुरातत्विक स्थल जस्ता मूर्त सम्पदाहरू संरक्षण गर्न १७ देशका संघसंस्था तथा समुदायसँग सहकार्य गर्नुका साथै कोषले संगीत, परम्परागत शिल्पकारिता र भाषा जस्ता अमूर्त सम्पदाहरू पनि संरक्षण गर्दछ।’

ब्रिटिस काउन्सिल कल्चरल प्रोटेक्सन फन्डका निर्देशक स्टेफानी ग्रान्टले सन् २०१६ देखि कल्चरल प्रोटेक्सन फन्डले १९ देशमा सांस्कृतिक सम्पदा संरक्षणका लागि १५९ परियोजनालाई ५ करोड पाउण्ड भन्दा बढी अनुदान दिइसकेको जानकारी दिए । 
यस्तै ह्वाइटली बेका कला तथा सम्पदा मन्त्री लर्ड पार्किन्सनले विश्वको जुनसुकै कुनामा बसोबास गर्ने भएतापनि मानिसहरूले आफ्नो सांस्कृतिक सम्पदामा ठूलो गर्व गर्ने बताउँदै भने, ‘हाम्रो सम्पदाको संरक्षण हाम्रो पहिचानको अभिन्न पक्ष हो, त्यसैले यसलाई सधैं सुरक्षित राख्नुपर्छ ताकि भावी पुस्ताले यसको आनन्द लिन सकून्।’

नेपालमा हालै आर्थिक सहयोग गरिएको कल्चरल प्रोटेक्सन फन्डको परियोजनाहरू 

१. नेपालमा आदिवासी खाद्य परम्पराको संरक्षण – ५०,०००  पाउण्ड 

२. भावी पुस्ताका लागि कुसुन्डा (वन राजा) भाषा र संस्कृतिको सुरक्षार्थ  –  ४५,९५३ पाउण्ड

३. डोल्पोको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको उच्च हिमाली क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको संरक्षण तर्फ – ३६,९०८ पाउण्ड

४. मैथिल महिला भित्ता चित्रकला र मूर्तिकलाको संरक्षण तथा पुनरुत्थान –  ५०,००० पाउण्ड
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप