स्विच अन रिटेलको चौथो शोरुम काठमाडौँको न्युरोडमा
![स्विच अन रिटेलको चौथो शोरुम काठमाडौँको न्युरोडमा](https://npcdn.ratopati.com/media/news/sam_1422_ZMyL85V0hv.jpg)
काठमाडौँ । मोबाइलफोनर घरायसी इलेक्ट्रोनिक्सहरूको मल्टिब्रान्ड स्टोर स्विच अन रिटेल प्रालिले आफ्नो चौथो आउटलेट रणमुक्तेश्वर, न्युरोड, काठमाडौँमा खोलेको छ । स्वीच अन रिटेल प्रा.लि.की प्रबन्ध निर्देशक सीमा गोल्छाले स्टोरको उद्घाटन गरिन् ।
विगत ६ वर्षदेखि ग्राहकको बलियो विश्वास र मायाले कम्पनीलाई यो आर्थिक वर्षभित्र तीनवटा नयाँ शोरुम खोल्न प्रेरित गरेको छ । न्युरोड आउटलेटले ग्राहकहरूलाई विभिन्न योजनाहरू जस्तै किस्ताबन्दी र एक्सचेन्ज सुबिधा उपलब्ध गराउनेछ ।
यस क्षेत्रको अरु पसलभन्दा स्विच अन रिटेल कसरी फरक छ भन्ने प्रश्नमा गोल्छाले टिप्पणी गरिन, “ग्राहकहरूसँग नजिकको सम्बन्ध कायम राख्ने आकांक्षामा सामान उचित मूल्यमा उपलब्ध गराउने मात्र नभई सहज तरिकाले गुणस्तरीय सामान खरिद गर्न विभिन्न योजनाहरू उपलब्ध गराउनेछ। ”
स्टोरले किस्ता योजनाअन्तर्गत शून्य प्रतिशत ब्याज दरमा न्यूनतम प्रक्रिया पूरा गरेर सामान उपलब्ध गराउनेछ — जस्तै सामसुम फोन किस्तामा किन्न नागरिकता र दुई प्रतिफोटो काफी हुन्छ । एक्सचेन्ज सुविधाले ग्राहकहरूलाई टिभी, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर वामोबाइल फोनहरू नयाँ उत्पादनहरूमा अपग्रेड गर्न सुविधा दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला
-
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
-
दरबारमार्गको सडकमा नयाँ प्रयोग : यस्तो छ चर्चामा रहेको ग्रेनाइटको कहानी
-
टिपर दुर्घटनामा परी चालकको मृत्यु
-
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना पारित
-
सस्तो हुने भएकाले बेलुनमा भरिएको थियो हाइड्रोजन ग्यास