हाजिर जमानीमा छुटे कैलाश सिरोहिया

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको बताए ।
रातोपाटीसँग उनले भने,‘हाम्रो सिफारिसमा सरकारी वकिल कार्यालयले उहाँलाई बोलाएको बेला उपस्थित हुनेगरी छाड्न अनुमति दिएको छ ।’
निर्णयको पत्र काठमाडौँमा पठाइएको छ । छोरा सम्भव सिरोहियाले उनको जमानत लिएका छन् । फौजदारी कार्यविधि संहिताको दफा १५ उपदफा (१) अनुसार परिवारको सदस्यको जमानतमा आरोपीलाई हिरासतमुक्त गर्न मिल्ने व्यवस्था छ ।
सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । स्वास्थ्य समस्याको कारण सिरोहिया ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । प्रहरीले बोलाएको बेला सिरोहिया उपस्थित हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा