गर्मी बढेपछि रौतहटमा विद्यालय बन्द
बुधबार, १६ जेठ २०८१, १९ : २८

रौतहट । गर्मी बढेपछि रौतहटमा विद्यालय बन्द गरिएका छन् । लगातार गर्मी बढेपछि रौतहटमा सामुदायिक तथा निजी विद्यालय बन्द गरिएका हुन् ।
अत्यधिक गर्मी बढेपछि विद्यालयमा विद्यार्थी समेत आउन छाडेपछि २ दिनका लागि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जनाएको छ । तर जिल्लामा रहेका केही निजी विद्यालय भने सञ्चालन रहेका छन् ।
गर्मीले छात्रछात्राहरू कक्षा कोठामै मुर्छित हुन थाले पछि इकाईले जिल्लाका ८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयलाई वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न परिपत्र गरेको थियो ।
त्यसपछि पालिकाहरूले विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दादुराका कारण अमेरिकामा दोस्रो बालकको मृत्यु
-
अमेरिकामा बालिकाहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हान्यो गोली
-
भारत नेपालमा गणतन्त्रको पक्षमा छ : सभापति देउवा
-
पेन्गुइन र सिल मात्रै बस्ने टापुमा लगाइएको ट्यारिफबारे यसो भन्छ अमेरिका
-
मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु
-
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक : के-के गर्यो निर्णय ?