पेटिएममा स्वामित्व किन्न लागेका हुन् गौतम अदानी ?

नयाँ दिल्ली । भारतीय व्यापारी गौतम अदानीले समूहको व्यापार व्यवसाय विस्तार गर्न लागेका छन् । यतिबेला उनको ध्यान समस्याग्रस्त फिनटेक उद्योगमा छ ।
भारतीय फिनटेक कम्पनी पेटीएमको स्वामित्व किन्ने उनको दाउ रहेको चर्चा चलिरहेको छ । अदानी ग्रुपले पेटीएमको मातृ कम्पनी वनकम्युनिकेशनमा स्वामित्व किन्ने विचार गरेको र यसबारे छलफल जारी रहेको बताइएको छ ।
विजनेश टुडेमा छापिएको खबरअनुसार पेटीएमका संस्थापक र सीईओ विजय शेखर शर्माले मंगलबार यो सम्झौतालाई अन्तिम रुप दिन अहमदावादमा गौतम अदानीसँग उनको कार्यालयमा भेटेका थिए ।
अदानी ग्रुपका अध्यक्ष गौतम अदानी पेटीएमको माउ कम्पनीमा स्वामित्व किन्ने विचार गरिरहेको समाचारमा उल्लेख छ । केही समयअघि पेटएिम बैंक लिमिटेडमाथि भारतीय केन्द्रीय बैंक आईबीआईले कारबाही गरेको थियो । सो कारबाहीले पेटीएमलाई निकै झट्का लागेको थियो ।
मार्च त्रैमासमा कम्पनीले निकै ठुलो घाटा बेहोरेको थियो । यसैबिच अदानीले माउ कम्पनीको केही हिस्सा किन्न रुचि देखाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई