ओलीले भने– ठगहरूले केही ठुला सहकारी बदनाम र समस्याग्रस्त बनाए

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताएका छन् । पार्टी निकट जन वर्गीय सङ्गठन संयन्त्रद्वारा काठमाडौँमा सुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठुला केही सहकारी बदनाम र सङ्कटग्रस्त हुन गएको उनले बताएका हुन् ।
अध्यक्ष ओलीले सहकारी संस्थाहरू बदनाम र सङ्कटग्रस्त नभएको जिकिर समेत गरे । सहकारीहरू नियममा बसेर अघि बढ्ने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत उनले बताए ।
अध्यक्ष ओलीले सहकारीको माध्यामबाट भएपनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । महिला दिदीबहिनीहरूले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै उनले घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए ।
उनले भने, ‘साना साना सहकारी बनाउनुस् । अहिले सहकारीका केही गैरसहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरु, सहकारीलाई माध्यमबनाएर ठगेर खानेहरू सहकारी प्रवेश गरेको हुनाले केही सहकारी ठुलो सहकारी बदनाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ । ती सङ्कटग्रस्त छन् । तर साँच्चैका सहकारीहरू सङ्कटग्रस्त हुँदैनन्, छैनन् पनि । ती त्यसका आफ्ना नियमहरू छन् । ती नियम अन्तगत त्यसमा नियममा बसेर त्यसको पालना गरेर हामी अगाडि बढ्नुपर्छ ।’
अध्यक्ष ओलीले एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्तिको रूपमा विकास गर्नेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । मुलुकलाई समृद्ध बनाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुको विकल्प नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक सुरक्षाका लागि नीतिगत व्यवस्था गर्ने नेपालको प्रतिबद्धता
-
हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर
-
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
-
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
-
आईसीसी च्याम्पियन्स ट्रफी फर्ममा फर्कने प्रयासमा रहेका अस्ट्रेलिया र इंग्ल्याण्डबिच आज भिडन्त
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?